Share Icon

जि . बिष्ट 

२४ चैत्र, काठमाडाैं ।    गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो।

रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ।

वडा अध्यक्ष राजन खनाल पुर्व कार्यकालमा वडा सदस्य रहनुभएको थियो । सोही कारणले पनि स्थानियबासी संग निजिकको सम्बन्ध रहेको तथा स्थानियहरु खुलेर वडाका समस्या तथा समाधानका विषयमा बहस गर्न सहज भएको वडा अध्यक्ष खनालले बताउनुभयो।

वडा अध्यक्ष खनाल स्थानीय तह निर्वाचन वडा अध्यक्ष पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ।

स्थानीय सरकार जनताको नजिकको सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको नै हुन्छ । स्थानीय सरकारमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा स्थानीयवासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा हामीले रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनालसँग कुराकानी गरेका छौं ।

तपाईँ निर्वाचित भएर आएपछि वडामा केके काम गर्नुभयो ?

रुपा गाउँपालिका वडा नं. ५ मा हामीले विभिन्न विकासका कामहरुलाई अगाडि बढाएका छौं । हामीले वडामा विभिन्न योजनाहरु बनाएका छौं। त्यस मध्यमा शिक्षा, खानेपानी, सडक लगायत क्षेत्रका योजना पुरा गरेका छौं। अरु केहिमा काम सुरु भएको छ। केहि सुरु हुन बाँकी नै छ। स्वास्थ्य क्षेत्रमा सुत्केरी आमाहरुलाई आउने सरकारी पोषण भत्ताका लागी वडाबाट पहल गरेको छा।

वडामा विकास निर्माणका कामहरु समग्रमा हुदै गरेको छ । वडा सदस्य हुदा पहल गरेको त्यतिखेरको एकमात्र गण्डकी प्रदेशको आई. टि विद्यालय वडा नम्बर ५ मा रहेको छ । अहिले ७ वटा वडामध्य एक जना जेहेन्दार विद्यार्थिलाई छात्रावृतिको अवसर समेत प्रदान गरेको छ । उभोक्ता समीती मार्फत वडाका गतिबिधि संचालन छन।

वडामा ९९ प्रतिशत सबैको घरदैलामा पानिको सुुबिधा रहेको छ । टोलटोलमा ग्राबिल बाटो रहेको पिच बनाउने पहल लगायतका बिबिध योजनामा काम गरिरहेको छौ ।

निर्वाचनको समयमा जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्दै आउनुभएको छ ? 

रुपा गाउँपालिको वडा नम्बर ५ सबै भन्दा विकट वडा हाम्रो वडा पर्छ । यहाँ गर्न पर्ने काम धेरै छन् तर हामीसँग सबैकाम छिटै गर्नलाई बजेटको अभाव हुन्छ । त्यसो हुनाले हामीले वडाबासीको मुख्य आवश्यक्तालाई पहिचान गरेर काम गर्दै आएका छौं । हामीले निर्वाचनको समयमा जनतासँग गरेको वाचाहरुको आधारमा नै हामी अगाडि बढेका छौं ।

अहिले हामीले उद्यमशिलतामा बिशेष पहल चालेर अन्य शिक्षा, स्वास्थ्य र कृषिमा प्रथामिकतामा राखेर काम गरिरहेका छौं । यहाँ हाम्रो वडा कार्यालय र वडा स्वास्थ्य चौकी सँगै छ । खाने पनी को सुबिधा वडामा प्रयाप्त रहेको छ । मैले निर्वाचित भएर जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्दै छु ।

कार्यकालको पहिलो वर्षमा हुनुहुन्छ । यो कार्यकाल भरिमा वडामा केके काम गर्ने लक्ष्य छ ?

हामी कार्यकालको सुरुवाती तरणमै छौं । हामीले शिक्षाको क्षेत्रमा यहाँको विद्यालयहरुलाई भैतिक र शैक्षिक रुपमा पनि सुधार गर्ने योजना बनाएका छौं । त्यसैगरी स्वास्थ्यमा हामीले सुत्केरी, असक्त, बृद्धाहरुलाई हाम्रे वडा स्वास्थ्य चौकीबाट हुने सक्ने सेवा सुविधालाई निसुल्क गर्ने लक्ष्य राखेका छौं ।

वडामा सहुलियत लागतमा एम्बुलेन्स सेवा सुचारु गरेको छौ, वडाका सबै बिकास निर्माणका गतिबिधि आफैले गर्न सक्ने अवस्था कम छ । केन्द्र र प्रदेश सरकारले हाम्रो साथ दिन पर्ने हुन्छ । पाँच वर्षमा हामी वडालाई गाउँपालिकामा हुनपर्ने सुविधाहरु उपलब्ध गराउने छौं ।

हाम्रो वडामा काम गर्न अलि जटिल छ । छरिएर रहेको बस्ति हुनाले पनि विकास निर्माणका कामहरु गर्न कठिन छ । तर पनि हामी यो पाँच वर्षमा वडाबासीसँग हातेमालो गर्नै विकासमा निरन्तर अगाडि बढ्ने छौं ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता योजनाहरु परेका छन् ?

हामीले माग त धेरै नै गरेका थियौं । तर केन्द्रबाट एउटा बाटोको मात्रै योजना परेको छ । आगामी समयमा योजनाहरु पर्ने हामी प्रयत्न गर्ने छौं । प्रदेशबाट पनि कृहि योजनाहरु परेका छन् । यी योजनाहरु पुरा भएका हामी खुशि हुनेछौं । वडावासीलाई विकासको अनुभुति हुन्छ ।

तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएको छ ?

रुपा गाउँपालिका वडा नम्बर ५ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीतर्फ आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।
त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु ।

मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।

फरक पार्टीबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुसँग काम गर्न कति सहज हुँदोरहेछ ?

गाउँपालिकामा जुनसुकै पार्टीबाट नै निर्वावाचित भएपनि हालसम्म हामीलाई काम गर्न भने कुनै असजिलो भएको छैन् । समान सहभागिताका  महसुस भएको छैन् ।

हाम्रो संविधानले नै स्थानीय सरकामा सत्तापक्ष र प्रतिपक्षको व्यवस्था गरेको छैन् । हामी निर्वाचनमा जुनपार्टी उम्मेदवार भए पनि जितिसकेपछि गाउँको विकास गर्न एक जुट भएका छौं ।

देशका कुनै ठाउँमा पालिकामा पनि प्रतिपक्ष जस्तो भएर गर्न गाह्रो भएको छ । तर हामीकोमा त्यस्तो छैन् । हामी हरेक कुरा समन्वय गर्छैं ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?

सबै ठाउँमा एउटै हुदैन । तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।

भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

त्यसो भए भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । म पहल गर्दै छु एकैपटक म परिर्वतन गर्छु त भन्दैन तर निरन्तर लागीरहेको छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के–कस्ता छन ?

जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ ।

त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ । उहाँहरुले राखेको पहिलो अपेक्षा भनेको विकास निर्माण हो ।

यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन् ? पालिका सरकारबाट के भइदियोस् भनेर चाहनु हुन्छ ?

पहिलो कार्यकाल भएका कारणले पनि केहि हदसम्म पक्कै सोचे जस्तो सहज छैन । स्थानियहरुले चाहेका काम तुरुन्त होस भन्ने अपेक्षा राख्नुहन्छ । हामी निर्वाचित जनप्रतिनिधि भईसकेपछि निति नियम भित्र रहेर काम गर्न पर्न हुन्छ।

केही संवैधानिक कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं ।  त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं। हामीलाई पालिकाले तालिम तथा सहजीकरण गरे अझै सहज हुने थियो।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध सुमधुर बनाउन जनताहरुसंग छलफल, अन्तरक्रिया, भेटघाट सबै वडाबासी संग उहाँहरुको समस्या, गुनासो , सुधार गर्ने पक्ष के, के छन भनेर हामी जनताको घर दैलोमा गएर वडाबासी र वडाको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ ।

त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ६ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

हामीले गर्ने काम धेरै छ, वडावासीको आवश्यक्ता धेरै छ । एकै वर्षमा सबै काम गर्न सकिदैन । त्यसो हुनाले हामी निरन्तर विकासमा लागिरहने छौं । अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon