६ चैत,काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
Facebook Comments Box
Related posts:

माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता,१२ बुँदे सहमति

समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल

वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

