वडा खबर सम्वाददाता

1497 Posts
“वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ”

“वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ”

१३ मंसिर, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं.२०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो । लमजुङ जिल्लाका ३ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर,…
Read More
जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष सिंह

जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष सिंह

१३ मंसिर,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड…
Read More
बाटाेलाई पहिलाे प्राथमिकता दिएकाे छु : वडा अध्यक्ष मिजार

बाटाेलाई पहिलाे प्राथमिकता दिएकाे छु : वडा अध्यक्ष मिजार

१३ मंसिर, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धरमपाल मिजारले स्थानीय तहको निर्वाचनमा…
Read More
टिकटक बन्दबारे जवाफ दिन दूरसञ्‍चार प्राधिकरणको निर्देशन

टिकटक बन्दबारे जवाफ दिन दूरसञ्‍चार प्राधिकरणको निर्देशन

१३ मंसिर, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका निर्देशक विजय कुमार रोयले जानकारी दिए । गत कात्तिक २८…
Read More
समस्या समाधानपछि खुल्यो सेयर कारोबार

समस्या समाधानपछि खुल्यो सेयर कारोबार

१३ मंसिर, काठमाडौं । प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो । साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ । ‘निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको थियो’ नेप्से स्रोतले भन्यो ।
Read More
चितवनमा भेटिएका दुई शव एक हप्तासम्म पहिचान भएन

चितवनमा भेटिएका दुई शव एक हप्तासम्म पहिचान भएन

१२ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकै कल्भर्टमा ६ मंसिरमा बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुनसकेको छैन । ६ लेनमा विस्तार भइरहेको नारायणगढ गोन्द्राङ सडकखण्डको केन्द्रीय बसपार्कभन्दा पूर्व मिलन चोक नजिकै केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन । ‘मेरो मानिस हरायो भनेर अहिलेसम्म हुलियासँग मिल्दोजुल्दो कोही आएका छैनन्, घटना निकै रहस्य बन्दै गयो, हत्याको प्रकृति हेर्दा निकै गम्भीर देखिन्छ’, एक अनुसन्धान…
Read More
काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने, प्रथमलाई साढे एक लाख र चाँदीको बाँसुरी

काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने, प्रथमलाई साढे एक लाख र चाँदीको बाँसुरी

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ । सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । श्रेष्ठले इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्ने बताइन् । दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस…
Read More
भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना-प्रहरी खटाइने

१३ मंसिर, काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । कात्तिक १७…
Read More
राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

१३ मङ्सिर,काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै हुनुहुन्छ । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ । नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव,…
Read More
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

१३ मङ्सिर,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने राससलाई जानकारी दिनुभयो । गत…
Read More
Page 8 of 150
1 … 6 7 8 9 10 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.