सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभावः वडा अध्यक्ष बस्नेत
२२ असाेज, काठमाडाैं । नेपालको प्रदेश नम्बर १ अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अवस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालको संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह वर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु गोली, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७ गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्व सम्पदाकाे सूचीमा सूचीकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत विशेष ऐतिहासिक महत्व रहेको छ । साेही गाउँपालिकाको क्षेत्रफल १२४.३८ वर्ग किलाेमिटर रहेकाे छ । यस लिखु पिके गाउँपालिकाको पूर्वी सीमानामा सोलुखुम्बु…
