समाज

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

१२ पाैष, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो । काठमाडाँै उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर…
Read More
बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

१२ पाैष, रुपन्देही । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनीले जनाएको छ । रणनीति कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन कुुन संस्थाले कसरी काम गरिरहेका छन् भन्ने जानकारी लिने र नक्साङ्कन गर्ने कामको थालनी गरिएकोे मन्त्रालयका उपसचिव शारदा बस्याल बताउनुहुन्छ । “पहिलो चरणमा प्रदेशका सबै जिल्लामा रणनीति सम्बन्धमा अभिमूखीकरण गरिसकेका छौँ, अब दोस्रो…
Read More
काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौँमा यो वर्षकै बढी चिसो

१२ पाैष, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उहाँले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक…
Read More
आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

१२ पाैष,चौतारा ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उहाँले बताउनुभयो । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन सकेको उहाँले बताउनुभयो । नगरपालिकाले २० जना अपाङ्गता भएका व्यक्तिलाई उक्त तालिम दिएको थियो । “तालिमपछि सुरुवात गरेको कामबाट आर्थिक रुपमा आत्मनिर्भर बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । यसरी बनाएको धुप उहाँले प्रतिमुठा रु ६ का दरले र साबुन प्रतिकेजी रु ७० सम्ममा बिक्रीका दरले बिक्री गरिरहेको…
Read More
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

१२ पाैष,काठमाडौँ । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ। प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१को उपदफा–२ अनुसार जरिवाना हुने बताइएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडाँै उपत्यकामा चल्ने कम्तीमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ ।…
Read More
इटहरीको जनता मावि प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट विद्यालय छनोट

इटहरीको जनता मावि प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट विद्यालय छनोट

१२पाैष,धरान।सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कष्ट विद्यालयका रुपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा उक्त विद्यालयलाई छनोट गरी अनुदानसमेत दिने घोषणा गरिएको छ । उक्त मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले उत्कृष्ट विद्यालयका रुपमा छनोटमा परेको जानकारीसहित प्रदेश सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई पत्रचार गरेको छ । मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १४ लाख ५० हजार पाउनेछ । बीस प्रतिशतसम्म प्रोत्साहन कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना बनाएर पेस गर्न पत्रचार गरिएको थियो ।…
Read More
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

१२ पाैष,अन्नपूर्ण (कास्की) । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका को अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउनुभएको छ । छयालिस वर्षीय उहाँले गाउँमै कोइला उद्योग चलाउनुभएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भन्नुभयो । विसं २०७५मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट…
Read More
भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण देशे गाउँ पुग्यो नवदुर्गा गण

भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण देशे गाउँ पुग्यो नवदुर्गा गण

१२ पाैष,काठमाडौँ । भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने नाच ३३ वर्षपछि पुनरागमन भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा केही वर्ष स्रोत अभावमा बन्द थियो । यसवर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा-साङ्ला-चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको हो । यो बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा…
Read More
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

१२ पाैष,काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको…
Read More
महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

१२ पाैष,जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ। आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९÷८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उहाँले बताउनुभयो…
Read More
Page 301 of 304
1 … 299 300 301 302 303 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.