समाज

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

३० पाैष,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो । “खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो”, उहाँले भन्नुभयो, “छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो ।” भट्टले छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको बताउनुभयो । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।…
Read More
स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

३० पाैष,मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले…
Read More
राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

३० पाैष,काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य धेरैथरिका परिकार बनाए खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘कृषि जैविक विविधता दिवस’ मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्तिले समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने र विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुुलुकका सबै जातजातिले यो वा…
Read More
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

३० पाैष,चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र…
Read More
बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

३० पाैष,कावासोती । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो । राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताउनुभयो । उहाँका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ । क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने…
Read More
राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

२९ पाैष,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाउनुभयो । सांसद देवकोटाले भन्नुभयो, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश…
Read More
टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

२९ पाैष,टीकापुर । कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ ।अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको शल्यक्रिया गरिएको छ । अस्पतालमा यस वर्षको मङ्सिरसम्ममा दुई सय ३५ जटिल एक सय ३३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विगतमा साधारण शल्यक्रिया सेवा मात्र दिने गरेको अस्पतालले विगत दुई वर्षदेखि सर्जन चिकित्सकको सेवा दिँदै आएको छ । अस्पतालमा साधारणलगायत जटिल शल्यक्रियासमेत हुने गरेको छ । अस्पतालले हातखुट्टा भाँच्चिएका, कापका जोर्नी, जोर्नीको प्रत्यारोपण, मेरुदण्डको शल्यक्रिया, शल्यक्रियापछि किलाकाटा निकाल्ने, नसा काटिएका, घुँडाको जोर्नीको मेसिनका माध्यमबाट पनि…
Read More
इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र

इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र

२९ पाैष,झापा । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । “दुर्गापुरदेखि दानाबारी पुग्न झन्डै दुई घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “अब सडकमा कालोपत्र भएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ ।” उहाँका अनुसार यो…
Read More
थारू बस्तीमा सुरु भयो माघीको रौनक

थारू बस्तीमा सुरु भयो माघीको रौनक

२९ पाैष,राँझा । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । “माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो…
Read More
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२९ पाैष,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भरतपुर…
Read More
Page 288 of 304
1 … 286 287 288 289 290 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.