समाज

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

९ चैत,दमौली । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर ग्ुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउनुहुन्छ । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ । “गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र…
Read More
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

९ चैत,काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनःस्थापनाका लागि प्रयोग गरिनेछ । सो अवसरमा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गर्नुभयो…
Read More
पर्यटक भित्र्याउन पदमार्ग

पर्यटक भित्र्याउन पदमार्ग

९ चैत,धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ । यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार,…
Read More
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

९ चैत,गोलबजार । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गर्नुभयो । केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा…
Read More
बागवानी केन्द्रमा फुल्यो आँप

बागवानी केन्द्रमा फुल्यो आँप

९ चैत,सर्लाही । दक्षिण एशियाकै ठूलो उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लालबन्दी नगरपालिका–१ स्थित केन्द्रमा यसवर्ष अहिलेसम्मकै धेरै ढकमक्क आँप फूलेपछि राजस्व वृद्धि हुने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताउनुभयो । उक्त सरकारी बगैँचामा करिब छ हजार आँपका रुख ढकमक्क फुलेका छन् । फुलेअनुसार फल पनि राम्रो लाग्ने अनुमान गरिएको छ । करिब एक सय ८५ दशमलव पाँच हेक्टर अर्थात् तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । केन्द्रमा विभिन्न ३५ जातका आँपका रुख छन् । आठ…
Read More
स्थानीयले पिपल फाल्न नदिएपछि…

स्थानीयले पिपल फाल्न नदिएपछि…

९ चैत,तुलसीपुर । वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ । “रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो ।” स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ । पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको…
Read More
आलेख : एकपटक पुग्नै पाथीभरा धाम

आलेख : एकपटक पुग्नै पाथीभरा धाम

९ चैत,ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुहुन्छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र…
Read More
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

९ चैत,काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार…
Read More
नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

९ चैत,नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ । उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै जारी छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हँुदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ । वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो…
Read More
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

९ चैत,तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिनुभयो । आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उहाँले बताउनुभयो । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट…
Read More
Page 211 of 304
1 … 209 210 211 212 213 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.