सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर व्यापक रूपमा सुधार गर्ने याेजनामा छुः वडा अध्यक्ष तामाङ
५ कार्तिक,काठमाडौं। हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गाविस वर्तमान गाउँपालिकाको वडा नम्बर १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साविकको हेलम्बु गाविसको नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गाविसले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गाविस र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । ज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गाविसहरु क्रमश: हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाई मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र…
