‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ
२० मङ्सिर, काठमाडौँ । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले अर्थतन्त्रमा बहुआयामिक असर देखिएको र यसलाई तत्काल नियामकीय ढङ्गले सम्हाल्न आवश्यक रहेको भन्दै महासङ्घले ‘अर्थतन्त्र जोगाऔँ’ अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत शीर्ष नेतालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरिरहेको महासङ्घले जनाएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे महासङ्घले मङ्गलबार जारी गरेको विज्ञप्तिमा ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको’ उल्लेख छ । प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र नेपाल राष्ट्र…
