कृषि क्षेत्र विस्तारै आधुनिकीकरण तर्फ उन्मुख हुँदैछः अध्यक्ष असराज न्याैपाने
२२ असाेज, काठमाडाैं । नेपालको प्रदेश नं ५ अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले २८० २१" २५.१६' देखि २८० २९' ४३" उत्तरी आक्षांश र ८१o ३' २५.६३'' देखि ८१o १२' ५२" सम्म पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्र सतहबाट १४२ मिटरदेखि १५४ मिटर सम्मको उचाइमा अवस्थित राजापुर नगरपालिका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो । १२७.०८ वर्ग.किलाेमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला, पश्चिमतिर कैलाली जिल्ला, दक्षिणमा भारत र पूर्वमा मधुवन नगरपालिका रहेका छन् । राजापुर नगरपालिकालाई २०७१ पौष २५ गते साविकको दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा गा.वि.स. समावेश गरी…
