स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला
२९ असार,चितवन । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो । चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । आगामी साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना गर्ने गरी तयारी थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलाको तयारीस्वरुप टोल सुधार संस्थाहरु, उत्पादनसँग जोडिएका सहकारीहरु, स्थानीय पालिकाहरु, कृषि ज्ञानकेन्द्र र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।” मेलामा स्थानीय तहहरुको…
