समाज

गर्मी बढ्यो

गर्मी बढ्यो

९ फागुन,काठमाडौँ । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हँुदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो ।” अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो । यस पटक वर्षा गराउने मौसमी प्रणाली…
Read More
राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

९ फागुन,बागमती । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोजित समारोहमा उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गर्नुभएको हो । सत्तरी शय्या क्षमता रहेको सो तीन तलाको भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ । उक्त नवनिर्मित भवनबाट अब इमरजेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स–रे, अत्याधुनिक प्रयोगशाला…
Read More
दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

९ फागुन,दोधारा चाँदनी । विसं २०५१मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो । विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गर्नुभएको थियो । अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रकोे रूख छपानको काम अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर औद्योगिक क्षेत्रमा रूख कटान सुरु गरिने बताउनुभयो । “म जति दिन मन्त्री रहन्छु औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्नेछु”, उहाँले भन्नुभयो, “एक महिनाभित्रै…
Read More
राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

काठमाडौँ, ९ फागुन ।नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पु¥याउनुभएको योगदान अविस्मरणीय रहेकामा प्रबुद्ध व्यक्तित्वले जोड दिनुभएको छ । स्व कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गर्नुभयो । वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाउनुभएको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसुनजीको स्मरण गर्दै पार्टी सभापतिजस्तो पदमा…
Read More
आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती

आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती

९ फागुन,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लािग २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२÷२२ रन…
Read More
आलेख : जलवायु परिवर्तन : न वर्षा न हिमपात

आलेख : जलवायु परिवर्तन : न वर्षा न हिमपात

९ फागुन,मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा…
Read More
बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

९ फागुन,मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले यस अवसरमा देश तथा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले नेपाली चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पु¥याएको बताउनुभएको छ । प्रदेश प्रमुख…
Read More
कुशे आवतजावत गर्न सास्ती

कुशे आवतजावत गर्न सास्ती

९ फागुन,जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ । जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ । रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गर्नुभयो । कुशे आवत जावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ । पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर…
Read More
गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु

९ फागुन,चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उहाँले जानकारी दिनुभयो ।
Read More
फुसको छानो विस्थापित गर्ने अभियान

फुसको छानो विस्थापित गर्ने अभियान

९ फागुन,वीरगञ्ज । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ । फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुदाँ ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो । विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ…
Read More
Page 399 of 452
1 … 397 398 399 400 401 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.