समाज

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

२९ फागुन,पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनीबजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो । कालीगण्डकीले कटान गर्न थालेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरुको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषिउपज बेनीबजारमा पु¥याउन सहज हुने छ । यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रु एक करोड…
Read More
दुई दर्जन कम्पनी कालोसूचीमा

दुई दर्जन कम्पनी कालोसूचीमा

२९ फागुन,काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् । खरिद अनुगमन कार्यालयकाअनुसार सिराहामा कार्यालय रहेको विकास निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीले सडक डिभिजन कार्यालय लहानअन्तर्गतका दुईवटा ठेक्का अलपत्र पारेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पार्ने पर्साको परामर्शदाता…
Read More
डुडुवा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै

डुडुवा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै

२९ फागुन,खजुरा । बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन् । पालिकाभित्र पशुपालनका साथै कृषि उत्पादन गरी जीविकोपार्जन गर्नेको सङ्ख्यामा कमी छैन । जिल्लामा सबैभन्दा बढी कृषि उत्पादन हुने पालिकाका रुपमा डुडुवा रहेको छ । भारतीय सीमासँग जोडिएको वडा नं ६ हिरमिनियाँ कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित छ । जिल्लाका आठ वटा स्थानीय तहमध्ये नदीनाला भएको पालिकाको रुपमा डुडुवालाई लिइन्छ । राप्ती नदी नेपाल र भारतमा एउटै नामले परिचित छ । बाँकेमा प्रवेश गर्दा…
Read More
अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन

अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन

२९ फागुन,काठमाडौँ । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उहाँलाई सम्मान गरिएको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उहाँलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई, शुभकामना र अभिनन्दन पत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकार जानुका भट्टराई, केशवराज मैनालीलगायतले ‘बेचिएकी चेली’ नामक नाटक प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानजस्तो…
Read More
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

२९ फागुन,तनहुँ । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा रू एक करोड २९ लाख र सिस्नेरीमा रू ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो । लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन…
Read More
बागलुङमा परम्परागत चैते दसैँ मेला

बागलुङमा परम्परागत चैते दसैँ मेला

२९ फाुगन,गलकोट । चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार हरेक वर्ष चैते दसैँको अवसरमा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने उक्त मेला आगामी चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।“यसवर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ”, उहाँले भन्नुभयो । परम्परा धान्दै कलासंस्कृतिको…
Read More
खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

२९ फागुन,चितवन । जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसका लागि अध्ययनको काम सकिएको उहाँले बताउनुभयो । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उहाँले…
Read More
आठौँ शताब्दीको बुद्धको मूति चोरी

आठौँ शताब्दीको बुद्धको मूति चोरी

२९ फागुन,पाटन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिनुभयो । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
Read More
औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

२९ फागुन,वीरगञ्ज । पर्सा–बारा औधोगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित सञ्चालन विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसायी धरासायी भएकामा चिन्ता व्यक्त गरका हुन् । वीरगञ्जको नाका व्यापार तथा राजस्व दुवैका लागि महत्वपूर्ण भए पनि सरकारले उद्योगीको हितलाई ध्यान नदिएको गुनासो गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले विगत केही महिनादेखि भइरहेको अघोषित लोडसेडिङका कारण करिडोरका उद्योग झन् धेरै धरासायी बन्दै गएको बताउनुभयो । बैंकको ऋण प्रवाह र ब्याजदर सम्बन्धमा उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदासमेत कुनै पहल नभएको गुनासो गर्नुहुँदै उहाँले बैंकको…
Read More
पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

२९ फागुन,फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि हेल्थ डेस्क स्थापना गर्न लागेको हो । पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताउनुभयो । अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र…
Read More
Page 363 of 452
1 … 361 362 363 364 365 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.