विक्रमबाबा मेला सुरु
८ चैत,चितवन । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । दवाडीले यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको बताउनुभयो । केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका…
