समाज

रोकिएन डढेलो र लाथ्रा काटिने क्रम

रोकिएन डढेलो र लाथ्रा काटिने क्रम

१६ चैत,महोत्तरी । फागुन मध्यदेखि नै महोत्तरीका वनक्षेत्रमा सुरु भएको डढेलो रोकिएको छैन । वनक्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् । “डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बुट्यान (भर्खरका बोट, लाथ्रा) हुन्, अनि रुख काट्न वन पस्नेको निशानामा पनि यिनै लाथ्रा पर्छन्” वनक्षेत्र नजिकको गौशाला–८ बेलगाछीका सामाजिक कार्यकर्ता मीन रहपालले भन्नुभयो, “वनमा नयाँ र भर्खरका लाथ्रा देखिन छाडेका छन् ।” वनक्षेत्रमा धेरैजसो नयाँ बिरुवा साल (साखु) का रुख हुने भएकाले यिनै रुख तथा बिरुवा विनाश हुने गरेका छन् । यहाँका…
Read More
बादी समुदाय भन्दछन्व्य: वस्था बदलिए, अवस्था बदलिएन

बादी समुदाय भन्दछन्व्य: वस्था बदलिए, अवस्था बदलिएन

१६ चैत,कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउनुहुन्थ्यो । हाल उहाँको दिनचर्या फेरिएको छ । पहिला जस्तो उहाँले नाचगान गर्नुहुन्न । परिवारको खर्च धान्न उहाँले कृषि मजदुरी गर्नु हुन्छ । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उहाँले भन्नुभयो, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन् ।” बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उहाँले बताउनुभयो । बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन् । हाल परम्परागत बाजा बनाउने काम युवापुस्ताले विर्षंदै गएका छन्…
Read More
सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

१६चैत,काठमाडौँ । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो । उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताउनुभयो । “निर्माण व्यवसायीले अनुमानित…
Read More
वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा

१६ चैत,काठमाडौँ । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहनुभएको छ र उहाँका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् । जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित हुनुभएको हो । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास…
Read More
सडक विस्तारले गति लिँदै

सडक विस्तारले गति लिँदै

१६ चैत,काठमाडौँ । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्काे मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो । सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्काेतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर…
Read More
मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

१६ चैत,काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गर्नुभयो । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग…
Read More
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

१६ चैत,दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब…
Read More
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

१६ चैत,पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ । मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् । “गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत…
Read More
नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

१६ चैत,दमौली । नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । ‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त…
Read More
हलेसीमा रामनवमी मेला

हलेसीमा रामनवमी मेला

१६ चैत,खोटाङ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि अधिकांश दर्शनार्थी आफ्नै सवारीसाधन लिएर आएका छन् । मेला व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा,…
Read More
Page 322 of 452
1 … 320 321 322 323 324 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.