समाज

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

२ वैशाख,गोलबजार । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो । घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ
Read More
पोखराका होटलमा ९० प्रतिशत पर्यटक

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

२ वैशाख,गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उहाँले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उहाँले बताउनुभयो । “नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्”, उहाँले भन्नुभयो, “लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा…
Read More
निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

२ वैशाख,काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उहाँले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गर्नुभयो ।दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार…
Read More
बजेट अभावले हुम्लामा क्याम्पसको भवन अधुरै

बजेट अभावले हुम्लामा क्याम्पसको भवन अधुरै

२ वैशाख,सिमकोट । हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ । कर्णाली प्रदेश सरकारको रु २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताउनुभयो । भवन निमार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकाया बताउनुहुन्छ । भवन निमार्णका लागि आवश्यक जग्गा खरिद गर्न रु पाँच लाख ५० हजार र जग्गा सम्याउन रु एक लाख २८ हजार खर्च भएको थियो । उहाँले भन्नुभयो, “बजेटका लागि गाउँपालिका र अन्य…
Read More
दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

२ वैशाख,डुम्रे । राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् । वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् । तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन…
Read More
विद्यालयका तह समायोजन गर्दै स्थानीय तह

विद्यालयका तह समायोजन गर्दै स्थानीय तह

२ वैशाख,बैतडी । बैतडीका स्थानीय तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं २…
Read More
पुल निर्माणको पाँच वर्षपछि उद्घाटन

पुल निर्माणको पाँच वर्षपछि उद्घाटन

२ वैशाख,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो । नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्तरूपमा पुल उद्घाटन गर्नुभएको थियो । पुल निर्माण सकिएको भए पनि बेग र…
Read More
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

२ वैशाख,राँझा । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगन्जको बागेश्वरी मन्दिरसम्म…
Read More
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते

गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते

२ वैशाख,काठमाडौँ । काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको ज्ञवालीले बताउनुभयो ।प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।
Read More
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

२ वैशाख,चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । यसबारे तीन वर्ष अध्ययन गरिएको थियो । एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उहाँले…
Read More
Page 290 of 452
1 … 288 289 290 291 292 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.