समाज

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

२६ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।
Read More
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२६ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता छन् । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
Read More
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

२६ असार,गलेश्वर।जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो । नारच्याङमा रु १६ अर्बको लागतमा एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ । नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ…
Read More
देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

२६ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसारकार्यमा सघाउ पु¥याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।” नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र…
Read More
सर्पको डसाइबाट चार जनाको निधन

सर्पको डसाइबाट चार जनाको निधन

२६ असार,कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।…
Read More
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

२६ असार,काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ…
Read More
तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

२६ असार,काठमाडौँ । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो । हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो । तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भन्नुभयो, “वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको…
Read More
मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

२६ असार,काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । “मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उहाँले भन्नुभयो ।
Read More
गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

२६ असार,कञ्चनपुर । गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ । “भाषा, धर्म संस्कृति र चाडपर्व कुनै पनि सभ्य समृद्ध समाजको पहिचानको धरोहरका रूपमा रहेको छ” पण्डित ताराप्रसाद जोशीले भन्नुभयो, “हिन्दू धर्ममा आस्था राख्ने सुदूरपश्चिम प्रदेशका महिलाले व्रत बसी पति र पुत्रको दीर्घायुको कामना गर्दै पौराणिककाल (विसं १२६४)देखि शिव–पार्वतीको पूजाआजा गरी गौराष्टमी (गौरा) पर्व मनाउँदै आएका छन् ।” पञ्चाङ्ग समितिले दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी मान्नु पर्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख नभएको…
Read More
विचार : जनसाङ्खिक लाभको सदुपयोग

विचार : जनसाङ्खिक लाभको सदुपयोग

-चेतन अधिकारी २६ असार,काठमाडौं ।आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता र चासोसहित यो दिवश मनाउन सुरु गरिएको हो । सन् १९८७ को जुलाई ११ मा जब विश्वको जनसङ्ख्या पाँच अर्ब पुग्यो, तब संयुंक्त राष्ट्र सङ्घले यो विषयलाई गम्भीरतापूर्वक लियो । त्यसपछि १९८९ मा संयुक्त राष्ट्र सङ्घले जनसङ्ख्या पाँच अर्ब पुगेकै दिन अर्थात अर्को वर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गरेको हो । त्यसै अनुसार १९९० को जुलाई ११ देखि विश्वमा जनसङ्ख्या दिवस…
Read More
Page 186 of 452
1 … 184 185 186 187 188 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.