समाज

विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

५ साउन,काठमाडौँ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो । राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी (स्याङ्जा) र गिरीराज आचार्य (धरान)लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो । मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा…
Read More
बालुवाटारस्थित चिनियाँ तस्करको गोदाममा छापा

बालुवाटारस्थित चिनियाँ तस्करको गोदाममा छापा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको विभाग उच्च स्रोतले बतायो । त्यसक्रममा कोठामा ५/६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको जाँच हुन बाँकी रहेको स्रोतले बतायो । ‘अहिले ती बाकसलाई शील गरिएको छ’, स्रोत भन्छ । स्रोतका अनुसार, विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्‍याउने…
Read More
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसहित काे-काे पक्राउ परे ?

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसहित काे-काे पक्राउ परे ?

काठमाडाैं । करीब एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबार साँझसम्म एक जना चिनियाँ नागरिक सहित सात जना पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका हुन्। आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए। एसपी विष्टका अनुसार तिब्बतीयन एअरलाइन्सबाट चीन जान लागेका वेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ। विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको…
Read More
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको प्रहरीले जनाएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनी तिब्बत एयरमार्फत चीन जान लागेका थिए । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करीमा लिङको भूमिका देखिएको छ । रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । यसअघि उक्त अवैध सुन ल्याउने कार्यमा…
Read More
विश्व आदिवासी दिवस मनाइने

विश्व आदिवासी दिवस मनाइने

४ साउन,काठमाडौँ । उनान्तीसऔँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिनुभयो । महासङ्घको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामाशेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूलसमारोह समितिसमेत गठन गरेको छ । बैठकले उक्त दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गर्ने निर्णय गरेको छ । सो दिवसमा अवसरमा विभिन्न जातीय समुदायको झाँकी तथा ¥याली प्रदर्शन गरिने, फुड फेस्टिभल आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रम…
Read More
नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

४ साउन,काठमाडौँ । सांसद डा बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा…
Read More
विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने

विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने

काठमाडौँ, ४ साउन । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समिति गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम…
Read More
विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

४ साउन,काठमाडौँ । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग)…
Read More
करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

४ साउन,गण्डकी । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ । नाटकमा फर्सीबहादुरको रुपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन् । त्यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले…
Read More
लम्पी स्किनबाट एक सय ५९ पशु मरे

लम्पी स्किनबाट एक सय ५९ पशु मरे

४ साउन,रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । “रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उहाँले भन्नुभयो । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी…
Read More
Page 172 of 452
1 … 170 171 172 173 174 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.