समाज

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

२६ भदौ, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।…
Read More
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

२६ भदौ,काठमाडौँ । सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो । आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा…
Read More
प्रहरीद्वारा विमानस्थलबाट नौ सय ६० ग्राम सुनसहित एक पक्राउ

प्रहरीद्वारा विमानस्थलबाट नौ सय ६० ग्राम सुनसहित एक पक्राउ

२६ भदौ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।
Read More
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

२६ भदौ, काठमाडौँ। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिनुभयो । “नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा लागू हँुदैछ । नवीकरण भने केही समय भौतिक रुपमा र त्यसपछि अनलाइनबाटै गर्ने तयारी गरेका छौंँ”, उपरजिष्ट्रार कार्कीले भन्नुभयो । कम्पनी रजिष्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही…
Read More
पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

रुपनी जिएम २६ भदौ, जानकी (बाँके) । “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गर्नुभयो । तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उहाँले बताउनुभयो । “सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उहाँले भन्नुभयो, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५०…
Read More
प्रजातन्त्र सेनानी नेपालको निधन

प्रजातन्त्र सेनानी नेपालको निधन

२६ भदौ,मध्यविन्दु (नवलपरासी) । प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोग्नुभएका उहाँ २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहनुभएको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताउनुभयो । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उहाँले भन्नुभयो, “विसं २०३५ मा सङ्घसंस्था…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष मिया

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष मिया

२६ भदाै,काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको रुपमा सेवा…
Read More
निस्वार्थ रूपमा वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष काफले

निस्वार्थ रूपमा वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष काफले

२६भदाै,काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा।वि।स।लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा।वि।स। समावेश भई गठन भएको नगरपालिका हो । नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२।७२ वर्ग कि।मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र…
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष चालिसे

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष चालिसे

२६ भदाै,काठमाडाैँ । देवचुली नगरपालिकालार्इ भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा।वि।स।लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो । नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२।७२ वर्ग कि।मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका…
Read More
सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

२६ भदौ,गोरखा । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबा लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिनुभयो । “आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ”, उहाँले भन्नुभयोे, “करिब पाँच सय घरघुरीमा खानेपानी वितरण गर्ने आयोजनाको…
Read More
Page 126 of 452
1 … 124 125 126 127 128 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.