चौधौँ राष्ट्रपति रनिङ शिल्ड : पाँचखाल नगरपालिका प्रथम
१६ फागुन,काभ्रेपलाञ्चोक । चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो । नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल ग¥यो । भलिबल छात्रतर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौँरीदेउराली तेस्रो र पाँचखाल चौथो भएका छन् । छात्रातर्फ भने चाँैरीदेउराली प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो…
