राष्ट्रपति निर्वाचनमा रास्वपाले भाग लिने

Share Icon

२५ फागुन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो । पार्टीका प्रवक्ता एव्म महामन्त्री डा मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिनुभएको हो ।

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”

पार्टीका सभापति एवं सङ्घीय संसद् डोलप्रसाद अर्यालले भन्नुभयो, “बैठकले फलानो पार्टीलाई मतदान गर्ने भनेर निर्णय भएको छ । सोही निर्णयअनुसार हाम्रा सांसदहरु मतदान गर्दै हुनुहुन्छ । आचारसंहिता लागू भएका कारण कसलाई मतदान गर्दैछौँ भन्न सक्दैनौँ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.