Share Icon

♠हस्ता विष्ट
लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत न्यौपाने स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

सुन्दरबजार नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अमृत न्यौपाने ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष न्यौपाने अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष न्यौपाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष न्यौपाने बताउनुभयोे ।

उहाँले भन्नुभयो, ” वडामा रहेका साना तिना बाटोहरुको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, तार जाली लगाउने, नाली बाटो बनाउने र ढलान गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न तरकारीहरुको विउँ वितरण गर्ने, कृषि औजारहरु हाते टयाक्टरको वितरण गर्ने र सिचाई गर्न कुलो निमार्ण गर्ने योजनाहरु रहेको उहाँले बताउनुभयो ।

गरिब तथा विपन्न वर्गका महिलाहरुको लागि आय आर्जज गर्न बाख्रा, बंगुरहरु वितरण गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । त्यसै गरी बाल बालिकाहरुको लागि पोषण कार्यक्रमको व्यवस्था गरेको उहाँको भनाई छ ।

त्यसै गरी वडामा रहेका जेष्ठ नागरिकहरुलाई लागि पोखरा भ्रमण लैजाने तयारीमा रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, विद्यालयको भवनको निमार्ण गर्ने योजनामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेका विद्यार्थी, शिक्षक लगाएत अन्य युवाहरुलाई लक्षित गर्दै योगा गराउन र विद्यार्थीहरुलाई पढाई प्रति रुचि बढाउनको लागि उत्कृष्ट प्रशिक्षण कक्षाको सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष न्यौपानेको भनाई छ ।

त्यसै गरी वडामा रहेको खहरे खोलामा तटबन्धन लगाउने काम सम्पन्न भएको उहाँले बताउनुभयो । महिलाहरुको लागि सिपमुलक तालिमहरुको व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon