रसुवामा दुई प्रहरी चौकी निर्माण

Share Icon

१७ फागुन,रसुवा । रसुवामा दुई प्रहरी चौकी निर्माण गरिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रहरी नायब महानिरीक्षक दीपक थापाले मङ्गलबार ती दुवै चौकीको उद्घाटन गर्नुभयो ।

रु दुई करोड ५७ लाखको लागतबाट पारच्याङमा तथा रु दुई करोड २४ लाखको लागतमा हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएका हुन् । नेपाल सरकारको अनुदानअन्तर्गत निर्माण भएका दुवै चौकी एउटै ढाँचाका रहेका छन् ।

नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक थापाले सुरक्षा कार्यमा सबै पक्षसँग समन्वयात्मक तवरबाट नेपाल प्रहरी अगाडि बढ्दै जाने उल्लेख गर्दै घटना न्यूनीकरण गर्न प्रहरीलाई सूचना दिई सहयोग गरिदिन स्थानीयलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नौकुण्ड–३ का वडाध्यक्ष लोकेन्द्रदेव मोक्तान, आमाछोदिङ्मो–१ का वडाध्यक्ष साङ लामालगायतको उपस्थिति थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.