Share Icon

८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश मान उदास स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश मान उदास वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष प्रकाश मान उदास ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष प्रकाश मान उदासले बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” वडामा शिक्षालाई विशेष जोड दिदै सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्रि वितरण गर्ने काम सम्पन्न गरेका छौ । विद्युतको क्षेत्रमा मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । ”

त्यसै गरी बाटो सडकको खण्डमा नालि बाटो बनाउने र स्तरउन्नति गर्ने कामहरु भईरहेको वडा अध्यक्ष उदासको भनाई छ । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सुविधाहरु उपलब्ध गराईरहेको उहाँले बताउनुभयो ।

त्यस्तै वडामा साना तिना योजनाहरु रहेका छन् । ति योजनाहरु सम्पन्न गर्न हामी अहोरात्र खटिरहेको वडा अध्यक्ष उदासले बताउनुभयो । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon