काश्मीरका चलचित्र हल १४ वर्षपछि पुनः सञ्चालनमा आयो

Share Icon

एजेन्सीभारत प्रशासित काश्मीरमा १४ वर्षपछि चलचित्र हलहरू पुनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरु पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै जनधनको क्षति हुनेगरी चलेको झण्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए ।

अहिले चलचित्र देखाउन थालिएपनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झण्डै एक दर्जन मात्रै दर्शक रहेको उनीहरूले जानकारी दिएका छन् ।

चलचित्र प्रदर्शनीको सुरुवात गत सेप्टेम्बर २० तारिखमा गरिएको थियो । त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गर्नु भएको थियो । सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् ।

“मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ सोँचेको देखिएको छैन, उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ, त्यो स्वभाविक हो,” एक स्थानीयले भने ।

अर्का एक स्थानीयको भनाइ थियो, “चलचित्रका बारेमा आम नागरिकको फरक फरक धारणा पाइन्छ, कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन्, मैले भने यसलाई प्रगतिको सङ्केतका रुपमा लिन्छु ।”

शनिबारको दिवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा कूल सीट सङ्ख्याको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइएको छ । रासस/एपी

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.