काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।
उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे।
सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।
Related posts:

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मधेस प्रदेशमा बस्ने

