२९ पाैष,मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका एक प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ ।
प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउन लागिएको बताइएको छ । यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक-एक जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसक्नुभएको छ ।
Related posts:

संवैधानिक परिषद् बैठक स् प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन

सन्दर्भ लोकतन्त्र दिवस : ‘नेपाली लोकतन्त्र जय होस्’ ‘नेपाली लोकतन्त्र जय होस्’

नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री

