धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

Share Icon

४ मंसिर,काठमाडाैँ। धुम्बाराहीमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ। सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्यालगायत विभिन्न विषयमा छलफल हुँदैछ।

अहिले बैठक जारी छ।

कांग्रेसले पुस १६ गतेदेखि गोदावरीमा महासमिति बैठक गर्ने तयारी गरेको छ। बाँकी रहेका जिल्लाहरूमा महासमिति सदस्य चयनका लागि अधिवेशन पनि भइरहेका छन्।

बैठकमा उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्। कांग्रेसमा १४ जना पदाधिकारी रहने व्यवस्था भए पनि सभापति देउवाले अझै कोषाध्यक्ष मनोनीत गरेका छैनन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.