Share Icon

२९ असाेज,काठमाडाैं । यस वर्षको मनसुन हिजो (आइतबार) एवं १५ अक्टाेबरदेखि नेपालबाट बाहिरिएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर  २ अक्टाेबर रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हाे । जेठ ३१ (जुन-१४) मा भित्रिएको यस वर्षको मनसुन १ सय २४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

साेमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको  माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। सोमबार दिउँसाे भने देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

साेमबार राति भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon