Share Icon

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन् ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन् ।

उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन् ।

रावलले भने, ‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने?,’

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएपनि केन्द्रले टिकट नदिएको विषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सूर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको विषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् ।

Facebook Comments Box

Share Icon