Share Icon

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टी बाराको भातृ संगठन युवा जनमत संघ बाराको संयोजकमा विकास सिंह मनोनीत हुनुभएकाे छ ।

वि.सं. २०७२ सालमा लोसपाबाट राजनीति सुरुवात गरेका सिंहले १२ वर्ष नेपाल प्रहरीमा समेत जागिर खाएर हाल राजनीतिमा सकृय रुपले लाग्नु भएकाे हाे ।

बारा निर्वाचन क्षेत्र नं. २ स्थित देवताल गाउँपालिका वडा नं. १ बडकी फुलवरीयामा घर भई हाल कलैयामा बसोबास रहेको छ । उहाँको हजुरबुवा स्वर्गीय शिव शंकर सिंह पुर्व गा. वि. स. अध्यक्ष हुनुहुन्थ्यो ।

बारा जिल्लाको राजनीतिमा सकृय एवं क्रान्तिकारी विचार धाराका व्यक्तितत्व रहेको सिंहको शैक्षिक योग्यता स्नातक रहेको छ ।

 

Facebook Comments Box

Share Icon