परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जानुहुँदै
३१ असार,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जानुहुने भएको छ । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुनेभएको हो ।
परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कनुहुनेछ ।
Facebook Comments Box
Related posts:
फास्ट ट्र्याकमा विधेयक पारित गर्ने सरकारको प्रयास असफल
आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ
भारतको नक्साबारे प्रधानमन्त्रीले कुरा गर्नुपर्छ : ओली