बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता

Share Icon

१८ असार,एजेन्सि । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल–एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गर्नुभएको छ । नवाजले सत्तारुढ दल पीएमएल–एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताउनुभएको छ ।

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आउनुभएका पूर्वप्रधानमन्त्री नवाज र उहाँकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको हो । उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारअ‍े छलफल गर्नुभएको हो ।

यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गर्नुभएको थियो । स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, “विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.