Share Icon

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतकले यस्तो बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडा भन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरे ।

नेविसंघका कार्यकर्ताविरूद्धको ज्यानमार्ने उद्योगको मुद्दा गत जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्।

Facebook Comments Box

Share Icon