विपद् कोषमा छ अर्ब मौज्दात

Share Icon

१ असार,काठमाडौँ । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको रु छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

यस्तै विपद् व्यवस्थापन कोषमा रु एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा रु ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ । यसपालिको मनसुनमा रु १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.