नेप्से परिसूचक उकालो यात्रामा

Share Icon

७ जेठ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर रु एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड १७ लाख ६५ हजार चार सय ८० बराबरको शेयर कारोबार भयो ।

यस्तै राष्ट्रिय बीमा कम्पनी रु पाँच करोड २८ लाख ९९ हजार सात सय ५३, तारागाउँ रिजेन्सी होटल रु चार करोड एक लाख ३३ हजार पाँच सय ३१, नागरिक लगानी कोष रु तीन करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६४ लाख ९० हजार पाँच सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड सात दशमलव ८०, पोखरा फाइनान्स छ दशमलव १६ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पाँच दशमलव ५७ प्रतिशतले कमाएका छन् ।

यसैगरी आर्दश लघुवित्त छ दशमलव ५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो पाँच दशमलव १८, मन्दाकिनी हाइड्रोपावर चार, राप्ती हाइड्रोपावर तीन दशमलब ९५ र एनबीबीएल डिवेञ्चरका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.