Share Icon

जेठ १, काठमाडाैं।  मौद्रिक नीति समीक्षा लगत्तै पुनरागनम हुने भनिएको सेयर बजारले विपरित लय समात्न थालेको छ।

सेयर बजारलाई प्रत्यक्ष रुपमा नचलाएपनि नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् ब्याजदर घटाउने र तरलता व्यवस्थापनमा जोड दिएको थियो। जसले गर्दा पुनरागमन हुने भनिएको सेयर बजारको रौकनता गलत साबित हुन थालेको छ।

यो अनुमान विपरित समिक्षा यता बजार निरन्तर घट्दो छ। सोमबारसम्म बजारले २०.२९ अंक गुमाइसक्यो। सूचक १८१८.३१ मा कायम छ। जुन ३२ यताकै न्यून विन्दु नजिक ओर्लिएको हो। यसअघि घटेर १८०६.९५ को विन्दुसम्म पुगेको थियो।

शुक्रबार जारी मौद्रिक नीतिको तेस्रो समीक्षामा सेयर बजारलाई सोझै असर गर्ने विषय राष्ट्र बैंकले परिमार्जन गरेन। कर्जा सस्तिने र लगानी बढ्ने विश्लेषकले बताएका थिए।

समीक्षाले अर्थतन्त्र चलायमान बनाउने किसिमको आएको ब्रोकर सञ्चालकहरुको समेत बुझाइ थियो। बैंकरहरुले पनि आफ्ना माग समावेश गरिँदा उत्साहित थिए।

तर सेयर लगानीकर्ता विश्वस्त देखिएनन्। उनीहरु प्राविधिक कुराभन्दा पनि प्रतिवद्धतामा बढी विश्वास गर्छन्।

‘आश्वासन मात्रै भयो। लगानीकर्ता अरु बुझ्दैनन्। बजार १२ करोडको क्याप र जोखिम भारले नै बजार घटेकोमा उनीहरुको दुई मत छैन,’ एक सक्रिय लगानीकर्ताले भने,’सोही नीतिको परिमार्जनले मनोबल उकास्न मद्दत गर्ने थियो। तर हरेक समीक्षा अघिका प्रतिबद्धता जस्तै यसपटक पनि लगानीकर्तालाई झुक्याउने काम भयो।’

लगानीकर्ताको निराशा कारोबार रकममा पनि झल्किन्छ। आइतबार बजार फराकिलो दरमा घट्दा कारोबार ९० करोड रुपैयाँ नाघ्यो। त्यहि सोमबारको उतारचढावमा ७० करोड रुपैयाँ किनबेच भएको छ।

त्यसपछि लगानीकर्ताको अपेक्षा जोखिम भार समायोजन हुनेमा थियो। त्यसमा पनि कुनै संशोधन भएन। खासगरी राष्ट्र बैंकले बैंकहरुको लगानीमार्फत् बजारमा प्रवाह हुने रकममा लचकता अपनाएको हो। लचकताले घट्दै गएको ब्याजदर थप घट्न प्रोत्साहन मिल्ने गभर्नरले समेत भनेका हुन्।

Facebook Comments Box

Share Icon