महिलाले ट्विटरको नेतृत्व गर्नेः मस्क

Share Icon

२९ वैशाख, एजेन्सि । ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गरने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अधकारीले यसको प्रक्रिया नकै अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो मस्कसँग गत हप्तादेखि छलफलमा चलिरहेको छ। गत महिना, याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।
यस्तै वाल स्ट्रीट जर्नलले पनु याकारिनो मस्कसँग वार्तामा रहेको उल्लेख गरेको छ ।

गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्ते फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् ।ट्विटरको मालिकको रूपमा उनले यसका ७,५०० कर्मचारीहरू मध्ये ७५ प्रतिशत भन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए । निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गर्का छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ ।यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण शुरु भइरहेको बारे अपडेट गर्दै ट्वीट सार्वजनिक गरिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.