Share Icon

२२ वैशाख ,मध्यविन्दु । नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताउनुभयो ।

“न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश गरेको छ”, उहाँले भन्नुभयो । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको अभियोगमा २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा उजुरी दर्ता भएको थियो ।

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।

Facebook Comments Box

Share Icon