महामन्त्री शर्मा भन्छन्– उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो

Share Icon

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयीहरूलाई बुधबार बधाई तथा शुभकामना दिँदै महामन्त्री शर्माले पुराना दल तथा नेताले आफूलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले यो सन्देश अनुरुप मतदाताको प्रत्येक मतलाई सम्मान गर्दै आफूलाई बदलेर नयाँ अभियानमा जुट्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, तनहुँ–१ बाट सोही पार्टीका वाग्ले र बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.