Share Icon

१२ वैशाख,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पु¥याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पु¥याउन सरकार तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकार पछि नपर्ने चेतावनी दिनुभयो ।

उहाँले काठमाडाँैको कोटेश्वरमा ‘फलाइओभर’ निर्माण गर्ने तथा उपत्यकाका अरु केही स्थानमा देखिएको यातायातको चाप व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख गर्नुभयो ।

कर्णालीको सदरमुकासँग राष्ट्रिय सडक सञ्जाल जोड्न तीव्रताकासाथ नेपाली सेनाले काम गरिरहेको बताउँदै मन्त्री ज्वालाले जनकपुर क्षेत्रका सडक र कमला पुलको पुन डिजाइनको काम गर्ने कार्य भइसकेकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गरिने उल्लेख गर्नुभयो ।

मुग्लिन–पोखरा सडक खण्डको केही क्षेत्रको काम तीव्ररुपमा अघि बढेपनि केही क्षेत्रले अझै गति लिन नसकेको जानकारी दिँदै उहाँले ओखलढुङ्गा र खोटाङ जिल्लाका सडकलाई पनि प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाउनुभयो ।

यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताउनुभयो ।

अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उहाँको भनाइ छ । यात्री विद्युतीय मोटरसाइकल दर्ताको सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यविधि संशोधनको तयारी गरिएको जनाउँदै उहाँले यातायात क्षेत्रमा सुधारका काम गरिएको र यसलाई तीव्र गतिमा अगाडि बढाउने बताउनुभयो ।

Facebook Comments Box

Share Icon