Share Icon

१२ बैशाख ,काठमाडाैं ।     बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायमै राखेका छन्।

यादवले अहिलेसम्म १२ हजार ८ सय ४८ मत ल्याएका छन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म ८ हजार ४ सय ८८ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ९१ मत ल्याएका छन्। मतगणना जारी छ।

Facebook Comments Box

Share Icon