कारागारमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई कन्चडमा हाने गोली

Share Icon

काठमाडौँ । दाङ तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्।

आइतबार बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताए।

बेलुकी ८ः४० बजेतिर उनले डीयूटीमै रहेको हतियारबाट कन्चडमा गोली हानेका हुन्। उनको घटनास्थलमै ज्यान गएको छ।

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसी केहीदिन अघिमात्रै कारागार सुरक्षामा खटिएका थिए।

घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी अधिकारीले बताए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.