Share Icon

हस्ता विष्ट
२४ चैत्र, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।

साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ५४,१४० जनसंख्या बसोबास गर्दछन् । यस नगरपालिकाको चौतर्फी सिमानाः पूर्व– कावासोती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकोट गाउँपालिका र पाल्पा जिल्ला, दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित मध्यविन्दु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पर्शुराम महतो थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

मध्यविन्दु नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पर्शुराम महतो थारु ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थारु अहोरात्र खटिरहनुभएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. ८ मा जम्मा बजेट नगरबाट ६४ लाख र प्रदेशबाट ५० लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष पर्शुराम महतो थारुले जानकारी दिनुभयो ।

वडा अध्यक्ष थारु भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थारुले बताउनुभयोे ।

वडा अध्यक्ष थारुले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, सिचाई र पुर्वाधारलाई दिनुका साथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कालोपत्रे गर्ने कामहरुमा जोड दिएका छौ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा अधिकांश टोलमा पुगिसकेको बाकी रहेको टोलमा निमार्ण गर्ने अभियानका साथ तीव्र गतिमा काम भईरहेको र गरिब तथा विपन्न वर्गहरु निशुल्क धारा जडान गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट वजेट विनियोजन गरेका छौ । ”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई आधारभुत स्वास्थ्य सुविधाहरु उपलब्ध गराइरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष थारूको भनाई छ ।

उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभन्न सिपमुलक तालिमहरु गुडिया बनाउने, थाकलको ब्याग बनाउने जस्ता थुप्रै तालिमहरु पुर्वकार्यकालमा सम्पन्न गरिएको हो । ”

वडा अध्यक्ष पर्शुराम महतो थारुले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

 अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon