आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।
कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो ।
प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।
Facebook Comments Box
Related posts:
‘सुन प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था ...
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने, कात्तिक ५ को समय सीमा
प्रतिनिधिसभा बैठक : विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग
सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने