२३ चैत,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।
किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।
प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।
Facebook Comments Box
Related posts:

चिनियाँ तस्करसँग माओवादीका नेताहरू जोडिए, प्रचण्डले सुशासन दिन्छु भन्नु झुट मात्रै : प्रकाशचन्द्र लो...

सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं – अध्यक्ष झा

स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्दै न्यायिक समिति

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

