विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै

Share Icon

१६ चैत,सुन्दरहरैचा । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् ।

सहिद रङ्गशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो ।

विसं २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.