कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
१६ चैत,काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
यही चैत ६ गते विश्वासको मत पुनः लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने बताइएको छ ।
Facebook Comments Box
Related posts:
वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय
प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण
अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने
सांसद साहकाे प्रश्न : के हामी भयरहित वातवरणमा सनातन धर्म संस्कृति मनाउन सकिरहेका छौं?