विश्वासको मत नदिने एमालेको निर्णय
६ चैत,काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
“सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उहाँले भन्नुभयो, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले मत दिन नसकिने निर्णय भएको हो ।”
संसद्भित्र जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ ।
Facebook Comments Box
Related posts:
चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’
जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन
नागरिकता विधेयकमा राष्ट्रपतिले के गर्लान् ?
राजापुरमा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १८ अभियुक्तको बयान सकियो