Share Icon

◊सागर परियार

बर्दिया राजापुर । बर्दिया राजापुर नगरपालिका मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( कान्तिकारी ) पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अथिती नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दुर्गा बहादुर थारु रहनुभएकाे थियाे ।

प्रमुख अथिति थारुले  कार्यक्रममा बाल्दै भन्नुभयाे, ‘ अब विद्यार्थीहरुले नै हो परिवर्तन गर्ने पढेलेखेकाहरूकाे आवश्यकता छ राजनितिमा  त्यसैले अब राजनीतिमा आउन आवश्यक रहेको बताउनुभयाे ।

उहाँले थप्दैभन्नुभयाे  ‘अब यस अमर सहिद बहुमुखी क्याम्पमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अब आफ्नो पक्षमा ल्याउनका निमित्त सबैले आ- आफ्नो क्षेत्र बाट सहयोग का साथै अहम भुमिका निर्वाह गर्नपर्ने छ ।’

उक्त  कार्यक्रममा राजापुर नगरकमिटी अध्यक्ष चिन्तामणी आचार्य विद्यार्थी नेता रेशम अधिकारी लगायत विभिन्न कमिटीबाट उपस्थित रहेकाे थियो ।  कार्यक्रममा विद्यार्थीहरू तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सन्चालक कृपालाल थारुले गर्नु भएको थियो ।

 

 

Facebook Comments Box

Share Icon